महिला टि २० क्रिकेटमा आज पुन: नेपाल मलेसियासँग भिड्दै

महिला टि २० क्रिकेटमा आज पुन: नेपाल मलेसियासँग भिड्दै


महिला टि-२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ।पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो। 

आजको खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेवाट सुरु हुँदैछ।  पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियाे।आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रने छन्। 

नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टि- २० आई खेल भइसकेका छन्। जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ। सोही क्रममा चौँथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।

Logo