नेपाली बजारमा सुनको भाउले बनायो नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको भाउले बनायो नयाँ कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा शुक्रबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो । 

बिहीबार छापावाला सुन  प्रतितोला  १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

शुक्रबार तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी शुक्रबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र सुनको आयातमा लाग्ने भन्सार दर समेत सरकारले बढाएकाले भाउ अझै बढ्ने सम्भावना छ । सरकारले हालै ल्याएकाे बजेटमार्फत सुनचाँदीको आयातमा १५ प्रतिशत भन्सार र थप २ प्रतिशत विलासिता कर लाग्ने बताएकाे थियाे ।  

Logo