डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी

केन्द्रबिन्दु
0
Shares

नेपालमा म्त्ज्  सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा क्ष्क्इ प्रमाणीकरण प्राप्त गरेको छ । 

अमेरिकाे क्वालिटी स्ट्याण्डर्ड  रेजिष्टेकले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्क लाई आइएसओ 9001:2015 प्रदान गरेको हो ।  

स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ यस्तै हाल सालै आफ्नो सेवालाई विस्तार गर्ने क्रममा डाटा सेन्टर पनि संचालनमा ल्याएको छ । 

नेपालको पेटिभी इन्डस्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्च गतिको इन्टरनेट सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवा लाई अझ सहज वनाउन देशै भरि विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र संचालन गरिरहेको छ । 

उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दानै कम्पनीले आइएसओ प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ । अवको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवा लाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी वनाउँदै लैजाने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo