घोराही सिमेन्टले ३२ जेठदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो।
यसले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आईपीओ निष्कासन गर्न लागेको हो। यस कम्पनीले ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणको लागि निष्कासन गर्न लागेको हो।
यसअघि यस कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ। साथै,सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि पनि सेयर बाँडफाँट गरी बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो।
यसमा ४ असारसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा आईपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने छ। घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।
लगानीकर्ताले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। केयर नेपालले घोराही सिमेन्ट आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको संकेत गर्छ।































प्रतिक्रिया