उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्र बीच समन्वय र सहकार्य जरुरी भएको बताएका छन् ।
साना तथा मझौला व्यवसायी महासंघ नेपालका २०औं स्थापना दिवस एवम् अन्तर्राष्ट्रिय एसएम्ई डे समुद्घाटन समारोहमा मन्त्री रिजालले निजी क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरुको पनि उद्योग व्यवसाय तथा आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
उनले भने, 'आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्र बीच समन्वय र सहकार्य हुन जरुरी छ । निजी क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरु जस्तै साना तथा मझौला व्यवसाय महासंघको पनि उद्योग व्यवसाय तथा आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको छ । महासंघले एकघर एक व्यवसायको सिद्धान्तलाई मूल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा अभिप्रेरित गरेको छ ।'
मन्त्री रिजालले नेपालमा साना तथा मझौला व्यवसायको विकास बजारीकरण तथा अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच स्थापना गर्न मन्त्रालयले आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
उनले भने, 'नेपालमा साना तथा मझौला व्यवसायको विकास तथा प्रवद्र्धनको लागि नीतिगत सुधार, दक्षता अभिवृद्धि स्वदेशी वस्तुहरुको प्रवद्र्धन, व्यवसायिक वातावरण, बजारीकरण तथा अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच स्थापना गर्ने लगायतका विषयमा मन्त्रालयले आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिन चाहन्छु ।'
मन्त्री रिजालले साना तथा मझौला उद्योग विकासले स्थानीय स्तर देखिनै आर्थिक विकास तथा रोजगारीका अवसरहरु सिर्जना गरी मुलुकको आर्थिक विकासमा मद्दत गरेको उल्लेख गर्दै नेपालको विकासको मार्गमा महासंघले सधै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।





























प्रतिक्रिया