भोलिदेखि साझा यातायातका ८ रुटमा २६ बस सञ्चालन हुँदै

भोलिदेखि साझा यातायातका ८ रुटमा २६ बस सञ्चालन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चार महिनासम्म बन्द भएको साझा यातायातले बिहीबारबाट सेवा सञ्चालन गर्ने भएको छ ।

संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताए ।

उनका अनुसार लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् । सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर ८ वटा रुटमा २६ वटा बस सञ्चालनमा आउने भएका छन् ।

सरकारले तोकेका सबै मापदण्ड पालना गरेर यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर, बसभित्र यात्रुलाई भीड नगरी व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न पनि आग्रह गरेको छ । साझाले यी बाहेक यात्रुको चाप हेरेर अन्य रुटहरुमा बस थप्दै लैजाने योजना बनाएको छ ।

सोमबारबाट मयूर, संयक्त, कान्तिपुर, महानगर, सुन्दर यातायात तथा ट्याम्पो लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् ।

Skip This
Skip This
Logo