यस्ताे छ तरकारी र फलफूलकाे मूल्य

यस्ताे छ तरकारी र फलफूलकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार,नेपाली ठूलो गोलभेँडा भारतीय प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १० रुपैयाँ, रातो आलु (मुडे)४०रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १६० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रति केजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रति केजी ११०, तनेबोडी ६०, लोकल घिउ सिमी लोकल ६०, भटमास कोशा १६०, मटर कोशा १६०,तिते करेला ४०, लौका ६०, परवल लोकल ६०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौंला ६०, भिण्डी ७०, सलगम ७०, कन्य च्याउ १५०रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २८०, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो १००रुपैयाँ प्रति केजीमा बिक्री भइहेको छ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३२०रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रति केजी २२०रुपैयाँ, तरबुजा हरियो ४०, दसहरी आँप १००, मौसम १८०, अनार ३८०, केरा दर्जनको १४०, फूजी स्याउ २८०, आभोकाडो ५००रमेवा भारतीय१ ००र लिच्ची लोकल १२०रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ।

Logo