आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिहीवार सुनचाँदीको भाउमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

साथै आज तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ । 

बिहीवार चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको थियो । 

Logo