आइएमई लाइफको आइपीओ खुला हुने

आइएमई लाइफको आइपीओ खुला हुने

केन्द्रबिन्दु
0
Shares

आइएमई लाइफ इन्सुरेन्सले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ।

यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो। इन्सुरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। 

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो। सोमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ। 

त्यस्तै,६ लाख कित्ता सेयर कर्मचारीहरु र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारण लगानीकर्ताले यसमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। 

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Logo