बीमा क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक छः अर्थमन्त्री महत

बीमा क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सामुहिक प्रयासले मात्रै बीमा क्षेत्रको व्यवस्थित विकास सम्भव रहेको बताएका छन् । 

काठमाडौंमा एसियन इन्स्योरेन्स मीट २०२३ लाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राष्ट्रको विकासका लागि विकसित वित्तीय प्रणाली महत्वपूर्ण हुने भन्दै त्यसमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘सहज बीमा क्षेत्र निर्माणको प्रयासमा सहकार्य र नवीनता महत्पूर्ण पाटो हो । नियामकहरू, बीमाकर्ताहरू, पुनर्बीमा, र सहजकर्ताले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन सामुहिक प्रयाय गर्नुपर्छ।’

वित्तीय साक्षरता बढाउन र बीमामा आम नागरिकको पहुँच बढाउन लचिलो जीवन बीमा बजार आवश्यक रहेको उनको भनाई छ । ‘हामी एक महत्वपूर्ण मोडमा उभिएका छौं जहाँ हामी परम्परागत र नयाँ दुवै जोखिममा अभूतपूर्व वृद्धि देखिरहेका छौं।’ उनले भने ‘हामीले प्राकृतिक प्रकोप, आर्थिक अस्थिरता, साइबर खतरा र महामारीको विनाशकारी प्रभावहरू अनुभव गरेका छौं।’

यस्ता समस्या बढिरहेका बेला बीमा बजारलाई थप व्यवस्थित गर्नु पर्ने चुनौति बढेको अर्थमन्त्री महतको भनाई छ । 

Skip This
Skip This
Logo