कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकले आजदेखि १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा जेठ ३२ गतेसम्म आवेदन दिन मिल्नेछ। बिक्री कुमारी क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।

Logo