कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जस अनुसार,ठूलो गोलभेँडा भारतीय न्युनतम प्रतिकेजी ५०रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ८रुपैयाँ, रातो आलु (मुडे) ४०, सेतो आलु,३५ रुपैयाँ,स्थानीय काउली ५० रुपैयाँ, कागती १५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ४०, मकै बोडी ५०,लोकल घिउ सिमी लोकल ४०, राजमा सिमी ८०,भटमास कोशा १२०, मटर कोशा १६०,तिते करेला ३०, लौका ५०, परवल लोकल ७०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौंला ४०, भिण्डी ६०, स्कूस ५०, बरेला ९०,कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३००,कुरीलो २००, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।
चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।
त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००रुपैयाँ, तरबुजा हरियो ४०, दसहरी आँप ९०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, फूजी स्याउ २८०, आभोकाडो ५०० रमेवा भारतीय १०० र लिच्ची लोकल १२०रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ।





























प्रतिक्रिया