रुस्लान भोड्का उत्पादनको ५०औँ वर्षमा, अब नयाँ आकर्षक बोतलमा आउने

रुस्लान भोड्का उत्पादनको ५०औँ वर्षमा, अब नयाँ आकर्षक बोतलमा आउने

केन्द्रबिन्दु
0
Shares

नेपालकै सर्वोकृष्ट भोड्का रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५०औँ वर्ष पार गरेको छ । 

सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नैे उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ । यस प्रतिष्ठित ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ ।

हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ । जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिन्छ । 

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिंदै आएको कम्पनीले जनाएको छ । ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । 

हाल सार्वजनिक गरिएको बोतल यसैको निरन्तरताको स्वरुप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको हो ।

रुस्लान भोड्काले ग्राहकहरूकाे खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिने कम्पनीकाे विश्वास छ । अब रुस्लान भोड्का ७५० मिलि, ३७५मिलि, १८०मिलिको प्रीमियम बोतलहरू नजिकैका पसलहरूमा पाउनसक्ने बताइएकाे छ । 

Skip This
Skip This
Logo