एनसेलले आइसीएसआईडीमा दायर गरेका मुद्दाको फैसला नेपाल सरकारको पक्षमा

एनसेलले आइसीएसआईडीमा दायर गरेका मुद्दाको फैसला नेपाल सरकारको पक्षमा


नेपालको निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा दायर गरेको मुद्दामा पराजय भोगेको छ । 

एनसेलले नेपाल सरकारबाट ३ सय ४८ मिलियन अमेरिकी डलर लगभग ४६ अर्ब नेपाली रुपैयाँको क्षतिपूर्ति दाबी गर्दै २०७६ साल वैशाख आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो । तर मुद्दामा नेपाल सरकारको पक्षमा फैसला भएको छ । 

विश्व बैंक मातहत रहेको आईसीएसआईडीले गठन गरेको मध्यस्थकर्ता समूहले मुद्दाको छिनाफानो गरेको हो । 

२०७२ सालचैतमा स्विडिस कम्पनी टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर स्वामित्वको रेनोल्ड होल्डिङ लिमिटेडको सम्पूर्ण स्वामित्व मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेपछि विवाद सुरु भएको थियो । एनसेलको स्वामित्व परिवर्तनपछि नेपालले पाउनुपर्ने पुँजीगत लाभकरको विषयलाई लिएर विवाद सतहमा आएको थियो । 

यो घटना प्रतिनिधिसभाको संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वाेच्चको आदेशपछि नेपाल सरकारलाई ४५ अर्ब ४३ करोड पुँजीगत लाभकर बुझाउन बाध्य भएको थियो । तर आजियाटा इन्भेस्टमेन्ट यूके लिमिटेड र एनसेल प्राइभेट लिमिटेडले द्विपक्षीय कर सम्झौताविपरीत हुने गरी पुँजीगत लाभकर असुलेको जिकिर गर्दै नेपाल सरकारबाट क्षतिपूर्तिको मागसहित आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो । 

Logo