पोलिमर नोट छपाई प्रकरणमा मुद्दा लागेका पूर्वगर्भनर सहित तीन जनालाई अदालतको सफाई

पोलिमर नोट छपाई प्रकरणमा मुद्दा लागेका पूर्वगर्भनर सहित तीन जनालाई अदालतको सफाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विशेष अदालत काठमाडौंले पोलिमर नोट छपाई सम्बन्धी मुद्दामा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.तिलक रावलसहित ३ जनालाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रावल, नेपाल राष्ट्र बैंकका तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध ९१ लाख रुपैयाँ बिगो माग दाबी गर्दै ०७५ पुसमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजलाशले मंगलबार तीनै जनालाई सफाइ दिने फैसला गरेको हो।

बैङ्कले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

Skip This
Skip This
Logo