टेस्ला गाडीको आधिकारिक बिक्रेता आरित इन्टरनेसनलले एउटै इलेक्ट्रिक कारमा ३१ लाख रुपैयाँ मूल्य घटाएको छ। हालै सरकारले ल्याएको बजेटमा भएको करको दर हेरफेरको प्रभावले टेस्लाले बजारमा उपलब्ध तीन मोडलको मूल्य समायोजन गरेको हो ।
कम्पनीका अनुसार टेस्ला मोडल वाई लङ रेन्जको मूल्य सबैभन्दा बढी ३१ लाख रुपैयाँ घटेको छ । यसको मूल्य २ करोड ३० लाख बाट घटेर १ करोड ९९ लाख रुपैयाँ कायम गरिएको छ । साथै टेस्ला मोडल ३ को मूल्य १ करोड ४५ लाखबाट १५ लाख घटेर १ करोड ३० लाख पुगेको छ भने मोडल वाई स्ट्यान्डर्ड रेन्जको मूल्य १६ लाख घटेर २ करोड ५ लाख बाट १ करोड ८९ लाख पुगेको छ ।
सरकारले बजेटमार्फत १०० देखि २०० र २०० देखि ३०० किलोवाट क्षमताका इलेक्ट्रिक गाडीमा भन्सार शुल्क घटाएको करको प्रभाव यी सवारी साधनको मूल्यमा परेको हो।
१०० किलोवाटदेखि २०० किलोवाटसम्म विद्युतीय मोटर जडित कारमा यसअघि ३० प्रतिशत रहेको भन्सार दरलाई २० प्रतिशत कायम गरिएको छ भने २०० देखि ३०० किलोवाट क्षमताका गाडीमा ४५ प्रतिशत भएको अन्तःशुल्कलाई ५ प्रतिशत घटाएर ४० प्रतिशत पुगेको छ ।































प्रतिक्रिया