साताकाे पहिलाे दिन दाेहाेराे अंकले उकालाे लाग्याे सेयर बजार

साताकाे पहिलाे दिन दाेहाेराे अंकले उकालाे लाग्याे सेयर बजार

केन्द्रबिन्दु
0
Shares

चालु साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजार उच्च अंकले वृद्धि भएकाे छ । नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ ।

२७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ कराेड ४३ लाख ४४ हजार ५६३ रुपैयाँकाे काराेबार भएकाे छ । यस दिन दुईवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । समग्रमा हेर्दा सेयर बजारमा विस्तारै सकारात्मक माहोल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।  

११ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्टस् र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स रहेका छन् । 

Skip This
Skip This
Logo