नेटा एस इलेक्ट्रिक सेडानको स्पेसिफिकेसन सार्वजनिक भएको छ । चाइनिज अटोमोबाइल निर्माता कम्पनी होजोन अटोद्वारा उत्पादित नेटा एस इलेक्ट्रिक सेडानको स्पेसिफिकेसन सार्वजनिक भएको हो ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको स्पेक अनुसार नयाँ कारमा सीएटीएलको पछिल्लो प्रविधिको क्विलिन ब्याट्री हुनेछ र यसले १ हजार ७५ किलोमिटर रेन्ज दिनेछ ।
कम्पनीका अनुसार आगामी दिनमा बजारमा आउने नेटा एस सिंगल फ्रन्ट मोटरद्वारा संचालित हुनेछ र बढीमा २०० किलोवाटको पावर हुनेछ । यसको क्षमता ११७ दशमलव शून्य ४ किलोवाट हुनेछ ।
नेटा एस सेडान चिनियाँ बजारमा सबैभन्दा पहिले २०२२ को जुनमा उपलब्ध भएको थियो । यो फुल्ली इलेक्ट्रिक ईभी र रेन्ज एक्सटेन्डर ईआरईभीसहित विभिन्न १० भेरिएन्टमा उपलब्ध छ । तीमध्ये यसले तीन प्रकारका रेन्ज ५२०, ६५० र ७१५ किलोमिटरको रेन्ज दिन सक्ने क्षमता छ । यसको मूल्य २६ हजार ६ सय देखि ४७ हजार ९ सय डलरसम्म पर्ने कम्पनीले जनाएकाे छ ।































प्रतिक्रिया