१० लाखले घट्यो एमजी जेडएस ईभीको लङ रेन्जको मूल्य

१० लाखले घट्यो एमजी जेडएस ईभीको लङ रेन्जको मूल्य

केन्द्रबिन्दु
0
Shares

एमजी जेडएस ईभीको लङ रेन्जको मूल्य १० लाख रुपैयाँले घटेको छ । 

नेपाली बजारमा एमजी मोटर्सका इलेक्ट्रिक सवारी साधन बिक्री–वितरण गरिरहेको पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभीको लङ रेन्जको मूल्य १० लाख रुपैयाँले घटाएको हो । गाडीको मूल्य अब ७१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यसअघि गाडीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ थियो । 

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक विधेयकमा १०० किलोवाटदेखि २०० किलोवाट क्षमताका मोटर जडान भएका ईभीमा १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क घटाएसँगै लङ रेन्ज जेडएस ईभीको मूल्य घटेको हो ।

अन्य सबै फिचर समान रहेको ९९ किलोवाटको जेडएस ईभीको तुलनामा लङ रेन्जमा ब्याट्री साइजसँगै मोटर साइज पनि ठूलो छ । लङ रेन्ज मोडलमा ११५ किलोवाट क्षमताको मोटर छ भने अर्कोमा ९९ किलोवाटको मात्रै मोटर दिइएको कम्पनीले जनाएकाे छ ।

Logo