चार पुस्तालाई पुग्ने सम्पति जोड्ने राजनीतिज्ञहरुको प्रवृति परिवर्तन हुनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की

चार पुस्तालाई पुग्ने सम्पति जोड्ने राजनीतिज्ञहरुको प्रवृति परिवर्तन हुनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की


पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा चार पुस्तालाई चाहिने सम्पति जोड्ने प्रवृति रहेको टिप्पणी गरेकी छिन् । 

शनिबार काठमाडौंमा दिपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुःखका विविध आयाम पुस्तक लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृति परिवर्तन हुनुपर्ने बताएकी हुन् । उनले राजनीतिज्ञमा पनि कमाएर खानुपर्छ भन्ने भावना विकसित हुनुपर्ने बताइन् ।

उनले भनिन्,‘हर कोही राजनीतिज्ञले काम नै गर्न नपर्ने आफ्नो रोजगारी बनाउनु पर्दैन ?राजनीतिमा लागरे जुका जस्तो टासियो अनि नमरुन्जेल सम्म सम्पति जोड्नुपर्ने तीन पुस्ता चार पुस्तालाई चाहिने सम्पति जोड्नु पर्ने प्रवृतिमा परिवर्तन आउनुपर्छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले जनताले बढी उपयोग गर्ने प्याज र आलुमा सरकारले कर लाएको भन्दै आपत्ति समेत जनाइन् । 

Logo