ग्लोबल आइएमई बैंकका कर्मचारीकाे वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम सम्पन्न

ग्लोबल आइएमई बैंकका कर्मचारीकाे वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय वित्त निगमद्धारा ग्लोबल आइएमई बैंक लिमिटेड, कर्जा विभागमा कार्यरत करिव ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ । 

उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आईएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए । 

अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासनलगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र र्बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Skip This
Skip This
Logo