राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय रेकर्डबाट हटाउने विषयलाई फेसनका रुपमा लान नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘संसदीय प्रभावकारितामा महिला माननीय सदस्यहरुको भूमिका’ विषयक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय संसदमा सांसदहरुले व्यक्त गरेका अभिव्यक्ति हटाउने क्रम बढेको भन्दै गुनासो गरे । उनले संसदमा बोल्दा सांसदहरुले समय विषयवस्तु र तथ्यलाई ध्यान दिनुपर्ने सुझाव पनि दिए ।
उनले भने, ‘यस्तो नहोस् कि आज बोलेको कुरा दुई वर्षपछि आफैँले रेकर्ड सुन्दा के बोले हुँला ! पछुतो हुने खालको सकभर नहोस । कहिलेकाहीँ आरोपप्रत्यारोपमा जवाफ दिँदा कडै दिउँ भन्ने हिसावले जाँदा त्यो कडा हुँदा हुँदा रेकर्डबाट हटाउनुपर्नेसम्मको कडा भइदियो भने के हुन्छ ? र, रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रुपमा लाने विषय बनाउन हुँदैन। ’
अध्यक्ष तिमिल्सिनाले बोल्नका लागि बोल्ने र आवेगमा आएर प्रस्तुत हुने काम नगर्न पनि प्रशिक्षणमा सहभागी सांसदहरुलाई सुझाव दिए ।
प्रतिक्रिया