हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकव्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकव्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकव्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएको छ। यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो। तर त्यस अवधिमा सबै नबिके पछि समय थपिएको हो। थपिएको समय अनुसार अब असार २५ गतेसम्म आवेदन दिन सकिने जनाइएकाे छ। 

हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५% हकप्रद सेयर बिक्री खुला गरेको हो। यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ। जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको छ। हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो। वैशाख २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन्। 

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ। कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। 

हकप्रदमा लक्ष्मी  क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

Skip This
Skip This
Logo