हार्ले डेभिडसनले सबैभन्दा सस्तो बाइक बजारमा ल्याएको छ । कम्पनीले हिरो मोटोकर्पको साझेदारीमा विकसित गरेको पहिलो हार्ले डेभिडसन एक्स४४० हालै भारतमा लन्च गरेको हो ।
यसको मूल्य २ लाख २९ हजार भारु मूल्य तोकिएको छ, जुन हार्ले डेभिडसनको हालसम्मकै कम मूल्य हो । हाल बजारमा यस बाइकका एक्स४४० डेनिम, भिभिड र एस गरी ३ भेरिएन्टमा लन्च भएका छन् ।
कम्पनीले यो बाइकलाई रेट्रो क्रुजर लुक दिएको छ । एलईडी हेडलाइटसँगै एलईडी डीआरएल र टर्न इन्डिकेटर पनि उपलब्ध रहेको यस बाइकमा सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, एलसीडी डिस्प्ले र रेट्रो डिजाइन फ्युल ट्यांक उपलब्ध छ ।
कम्पनीका अनुसार ४४० सीसीको इन्जिन जडान गरिएको यस बाइकमा ई२० इन्धन कम्प्लायन्ट इन्जिन पनि उपलब्ध छ, जसले २७ बीएचपीको पावर र ३८ एनएमको टर्क जेनेरेट गर्छ । भारतीय बजारमा स्थिरता दिने उद्देश्यका साथ लन्च गरिएको यस बाइकले रोयल इन्फिल्ड क्लासिक ३५०, मेटियोर ३५० र येज्दी रोडस्टर जस्ता बाइकसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया