पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन गगन थापाको आग्रह

पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन गगन थापाको आग्रह


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले पशुपतिनाथको जमिन जोगाउने कार्य छायाँमा पर्न नदिन आग्रह गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित दृश्यमा खप्तड बिमोचन समारोहमा महामन्त्री थापाले भ्रष्टाचारसँग जोडिएका ठूलो काण्डहरुमाथि भइरहेको छानविनमा आफूहरुको समर्थन रहेको बताएका हुन् । 

उनले भने, ‘शुसासनको लागि भ्रष्टाचारसँग जोडिएका ठूलाठूला काण्डहरुको सन्दर्भमा एकपछि अर्को गरेर महत्वपूर्ण निर्णयहरु हुँदै गएको छ,ती कुराहरुमा हाम्रो समर्थन छ । यस्ता अरु पनि विषयहरु छन् । पशुपतिको जमिन जोगाउने सन्दर्भमा गरेका कामहरु छायाँमा नपरोस् यसमा सरकार अगाडि बढोस् ।’ 

खप्तड क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेता पनि यसले धेरै नयाँ कलाकारलाई अवसर दिइएको उनको भनाई छ । 

महामन्त्री थापाले सरकारले अर्थतन्त्रको संकटमा परेको बेलामा जुन चुस्तताको साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको गुनासो पनि गरे । 

Logo