भुक्तानी नपाएपछि सरकारविरुद्ध सडकमा ठेकेदार, अर्थमन्त्रीको राजीनामा माग

भुक्तानी नपाएपछि सरकारविरुद्ध सडकमा ठेकेदार, अर्थमन्त्रीको राजीनामा माग

केन्द्रबिन्दु
0
Shares

असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन थालेका छन्।

उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखेका छन्। सरकारविरुद्ध बिहानै माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका छन्। उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन्।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको टिप्पणी गरे। उनले भने,‘काम गरेको बिल पेश गर्दा पनि रोकियो। रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो ? स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो?’

Logo