नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आईओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएसँगै आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पनि मूल्य घटाएको हो । सोअनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटेको छ । ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ ।
त्यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेर उपत्यकामा १४६ रुपैयाँ पर्ने बताइएको छ । तर, ठाउँअनुसार फरक फरक दर कायम भएको छ ।
निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ ।































प्रतिक्रिया