यस्ताे छ आज तरकारी तथा फलफूलकाे मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको तरकारीको न्युनतम मूल्यमा हिजोको भन्दा केही गिरावट आएको छ। तुलनात्मक रुपमा तरकारीको मूल्य आइतबारको भन्दा केही सस्तो हुन  पुगेको हो।

करेला, लौका ,च्याउ, सिमी, काउली, बोडि लगायतका हरीयो तरकारीमा १० देखि ३० रुपैयाँ सम्ममूल्य घटेको छ । तर, नेपाली ठूलो गोलभेँडाको मूल्य बढेर आएको छ। आइतबार प्रतिकेजी न्युनतम ७० रुपैयाँमा बिक्री गरिएको गोलभेँडा आज ८० रुपैयाँ किलो पुगेको छ। सानो गोलभेँडाको मूल्यमा भने हिजोको तुलनामा२ रुपैयाँले घटेर आज प्रतिकेजी २८ रुपैयाँ मूल्य तोकिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज रातो आलु प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ। सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ। हिजोको तुलनामा दुवैको मूल्य स्थिर छ। स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले बढेरर ८० रुपैयाँमा किनबेच भइरहेको छ भने,भारतीय सुकेको प्याज ४८ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ २ रुपैयाँले बढेर आज प्रतिकेजी १० रुपैयाँ तोकिएको छ।
 
कालीमाटी बजारमा घिउ सिमी लोकल ७०, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल २०, भन्टा लाम्चो ५०, मकै बोडी ७०,भटमासकोशा७०, तितो करेला४०, लौका ५०,परवल ३५, फर्सी पाकेको४५ हरियो फर्सी (डल्लो) ४०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३००, कुरीलो २०० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। रायोको साग प्रतिकेजी ८० रुपैयाँ,तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ८० रुपैयाँ मूल्य रहेको छ।

त्यस्तै, फलफूलमा हिजोको तुलनामा सबैको मूल्य स्थिर रहेको छ। केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १२०, अनार ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०,मौसम २२०,किवि ८००,मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

Logo