प्रा. डा. उपेन्द्रकुमार कोइरालाले पाए ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

प्रा. डा. उपेन्द्रकुमार कोइरालाले पाए ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’


मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति  प्रा. डा. उपेन्द्रकुमार कोइरालालाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मान गरिएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिएका कोइरालालाई उक्त सम्मान प्रदान गरिएको हो । 

प्रा. डा. कोइरालाले विश्वविद्यालयमा शिक्षासँगै व्यवहारिक ज्ञान पनि आवश्यक छ भनेर स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । निरन्तर शैक्षिक गन्तव्यमा पुर्याउन उनले डोर्याएका बाटो विद्यार्थी र समग्र शैक्षिक जगतका लागि उदाहरणीय छ ।

Logo