नबिल बैंक र हुवावे टेक्नोलोजिजबीच साझेदारी

नबिल बैंक र हुवावे टेक्नोलोजिजबीच साझेदारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नबिल बैंक र हुवावे टेक्नोलोजिजबीच रणनीतिक साझेदारी भएको छ। बुधबार बैंकले यसका लागि समझदारी पत्रमा हस्ताक्षर पनि गरेको छ। समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि शाहले हुवावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साहित भएको बताए । उनले रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित लिडिङ डिजिटल बैंक बन्‍ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने पनि बताए।

कार्यक्रमा बोल्दै हुवावेका चुगेनले क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकलाई सशक्त बनाइने बताए।

उनले नबिल बैंकको आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने बताए।

हुवावेले आफ्ना वित्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावेकै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामार्फत बैंकका ग्राहकलाई सजिलो, सुरक्षित र भरपर्दो स्मार्ट सेवाहरु प्रदान गर्ने बताइएको छ।

Logo