ट्याक्सी संचालन गर्ने दिन संसदीय समितीको सरकारलाई निर्देशन

ट्याक्सी संचालन गर्ने दिन संसदीय समितीको सरकारलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले ट्याक्सी व्यवसाय संचालन गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले कोरोनाका कारण करिव चार महिना बन्द रहेको ट्याक्सी व्यवसाय सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गरी स्वास्थ्य सुरक्षाका लागि निश्चित मापदण्ड बनाएर कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिद्वारा प्रकाशित पे्रस विज्ञप्तमिा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड १९ क्राइसिस मेनेजमेन्ट कमिटी सिसिएमसीले तयार पारेका मापदण्डहरू पूरा गरी सरकारले लकडाउनकै अवधीमा पनि केही पेशा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।’

Skip This
Skip This
Logo