निजी सवारी साधनमा भाडाका यात्रु ओसारपसार रोक लगाउन यातायात व्यवसायीको माग

निजी सवारी साधनमा भाडाका यात्रु ओसारपसार रोक लगाउन यातायात व्यवसायीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा सार्वजनिक सवारीसाधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले जथाभावी रुपमा यात्रु ओसारपसार गरिरहेको भन्दै व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले सार्वजनिक यातायात बन्द भएको मौका छोपेर रातो प्लेटका सवारीले यात्रु बोक्न नदिन गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु जथाभावी रुपमा अप्ठ्यारोमा परेका यात्रुबाट समेत ठूलो दरको भाडा असुल भइरहेकाले यस्तो कार्य रोक्नका लागि गृहसचिव महेश्वर न्यौपानेलाई ज्ञापनपत्र बुझाएको महासघका महासचिव सरोज सिटौलाले बताए ।

उनका अनुसार गृहसचिव न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नु पर्दा व्यवसायीलाई ठूलो मार परिरहेको तर यता निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख गरेको छ ।

रातो प्लेटबाट कोरोना नसर्ने जसरी कानून विपरित भाडा उठाएर रातो प्लेटका सवारीले यात्रु बोकिरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरिएको सिटौलाले केन्द्रविन्दुलाई बताए ।

Skip This
Skip This
Logo