राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत नोना डेप्रेजले बिदाई भेट गरेकी छन् ।
कार्यकाल पुरा गरेर फर्किन लागेकी राजदूत नोनाले आयोग कार्यालय सिंहदरबार पुगी उपाध्यक्ष श्रेष्ठसँग बिदाई भेट गरेकी हुन् । भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरूले नेपालमा गरेको सहयोगका लागि धन्यवाद दिँदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे ।
नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जाँदैछिन् ।































प्रतिक्रिया