राइड सेयरिङ एप ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा कक्रोज

राइड सेयरिङ एप ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा कक्रोज

केन्द्रबिन्दु
0
Shares

राइड सेयरिङ प्लेटफर्म ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा कलाकार हरिस निरौलाका कक्रोज नियुक्त भएका छन्। काठमाडाैंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कलाकार कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो।

नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल मिलेर ‘सवारी’ एपबाट सेवा सुरुवात गरेका हुन्। काठमाडौं उपत्यकामा विभिन्न राइडिङ शेयर एपले सेवा दिइरहेका बेला सवारीले फरक ढंगले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसावले सञ्चालनमा ल्याइएको हो । 

मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसंग अनलाइन सेवा लिन सकिनेछ। सम्बन्धित स्थानमा पुग्नको लागि लाग्ने शुल्क एपमै तोकिएको हुनाले यात्रुहरुले बार्गेनिङ गर्नुपर्ने र ठगिने समस्यासमेत नरहने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै कलकार कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भए पनि ती विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे। सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न पनि अनुरोध गरे। 

त्यस्तै,  सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरुले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए। कार्यक्रममा निर शाह, रवि गिरी, दीपक आचार्य काकुलगायतका कलाकारहरुको उपस्थिती थियो।

Skip This
Skip This
Logo