गत आर्थिक वर्षको चौँथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५% ले बढेर १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १८.०९% ले बढेर १ अर्ब ५६ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ।
यता, माछापुच्छ्रे बैंकको लाभांश वितरण गर्ने क्षमता १५.२९ प्रतिशत पुगेको छ। यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ। सञ्चालन नाफा ९.९१% ले बढेर २ अर्ब ६९ करोड ८३ लाख ५५ हजार रुपैयाँ पुगेको छ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १८ रुपैयाँ ०५ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा छ। खराब कर्जा १.०८ प्रतिशत ले बढेर २.१२ प्रतिशत पुगेको छ।































प्रतिक्रिया