प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार १० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेकाे छ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन्।

संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन्।

यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौँ पुग्ने गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ।

Skip This
Skip This
Logo