सरकारी संरचना समस्याग्रस्त हुँदा अर्थतन्त्रमा सुधार हुन सकेनः अर्थमन्त्री महत

सरकारी संरचना समस्याग्रस्त हुँदा अर्थतन्त्रमा सुधार हुन सकेनः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी संरचना समस्याग्रस्त रहेको बताएका छन् । 

काठमाडौंमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रीक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार संरचनामा जथाभावी खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाएका हुन् । 

‘कम राजस्व उठ्यो । अर्थतन्त्रमा धेरै कारणले शिथिलता आयो । हामी सबैलाई थाहा छ ।  विस्तारै यसले फेरी एउटा रफ्तार लिन खोजिरहेको छ ।’ उनले भने, ‘सरकारी संरचनामा पनि धेरै समस्या छन् । समयमै काम गर्ने । हरेक रिर्सोसेजको सदुपयोग गर्ने । इफिसियन्सी ल्याउने समन्वयमा गर्ने र प्राथमिकताका क्षेत्रमा खर्च गर्ने ।  जथाभावि नगर्ने । यसका लागि अझै धेरै काम गर्न बाँकी छ । धेरै समस्या छन् । यसलाई अर्डरमा ल्याउने कोसिस गरिरहेको छु ।’ 

जुन कार्यक्रममा गयो कार्यक्रमको मनोविज्ञानका आधारमा आश्वासन दिने र उड्न्ते कुरा गर्ने बानीले देशको उन्नति नभएको बताएका अर्थमन्त्री महतले भने ‘कुराबाट होइन्, कामबाटै प्रमाणित गर्नुपर्छ ।’

Logo