कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार आज नेपाली ठूलो गोलभेँडाको मूल्य आइतबारको तुलनामा आज १० रुपैयाँले घटेको छ। तर, हिजोको तुलनामा भटमास कोशा,मकै बोडी,हरियो फर्सीलगायतका तरकारीको मूल्य न्युनतम १० रुपैयाँले बढेको छ। नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा बिक्रि भइरहेको छ।
लोकल सानो गोलभेँडाको मूल्य भने ७० रुपैयाँ कायम भएको छ। रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले बढेर प्रतिकेजी न्युनतम मूल्य ५० पुगेको छ। स्थानीय काउली ६० रुपैयाँ प्रतिकेजीमा पाइने छ।
यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ३०,मुला रातो ४०,भन्टा लाम्चो ३०,मकै बोडी ६०,भटमास कोशा ८० रुपैयाँ तोकिएको छ।
तितो करेला ३०,लौका ४०,परवल ३५, घिरौंला २०,फर्सी पाकेको ४०,हरियो फर्सी ७०,कन्ने च्याउ १५०,डल्ले च्याउ ३००,काँक्रो लोकल ४०,रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।
यस्तै रायोको सागमा मूल्य केही घटेर आएको छ। हिजो प्रतिकेजी ९० रुपैयाँ रहेको रायोको साग आज ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। तोरीको साग प्रतिकेजी १० रुपैयाँले बढेर ५० पुग्दा हरीयो प्याज पनि ८० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ। समितिका अनुसार आज फललफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ।
फूजी स्याउको मूल्य स्थिर प्रतिकेजी ३२० छ। कागती १३०,अनार ३००,आँप माल दह १८०,तरबुजा हरियो ७०,मौसम १६०,किवि ७००,मेवा ८० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ।





























प्रतिक्रिया