महालक्ष्मी विकास बैंकको नाफा ४७.९५ प्रतिशतले घट्दा अन्य सूचकहरु कस्ता छन् ?

महालक्ष्मी विकास बैंकको नाफा ४७.९५ प्रतिशतले घट्दा अन्य सूचकहरु कस्ता छन् ?

केन्द्रबिन्दु
0
Shares

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा अघिल्लो वर्षको भन्दा ४७.९५% ले थोरै हो। अघिल्लो वर्ष बैंकले ९० करोड ४७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको थियो। यो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ०.४५ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने ४२.५७ प्रतिशतले घटेको छ। 

इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो। यसअवधिमा बैंकको वितरणयोग्य नाफा पनि १९.९३% ले घटेर ३३ करोड ६३ लाख रुपैयाँमा झरेको छ। बैंकको निक्षेप संकलन २०.१८ प्रतिशत र कर्जा लगानी ६.९५ प्रतिशतले बढेको छ। यसको खराब कर्जा २.४३ प्रतिशतबाट बढेर ३.५१ प्रतिशतमा आएको छ। 

महालक्ष्मीको प्रतिसेयर आम्दानी घटेर ११ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेको छ। गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा छ। 

Skip This
Skip This
Logo