देश बनाउनका लागि सबै इमान्दार हुन आवश्यक छः उपसभापति अर्याल

देश बनाउनका लागि सबै इमान्दार हुन आवश्यक छः उपसभापति अर्याल


राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले देश बनाउन लागि सबैजना एकजुट भएर निर्मम र इमान्दार तरिकाले लाग्नुपर्ने बताएका छन् । 

रिटर्नी माईग्रेंट नेपालको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उपसभापति अर्यालले अब गलतलाई गलत र सहिलाई सहि बन्न सकेनौँ भने गालीको पात्र मात्र बन्ने र आउने पुस्ता पनि विदेश जानुपर्ने अवस्था आउने भन्दै विदेशबाट सीप लिएर आएका साथीहरु सबै मिलेर देश बनाउनुपर्ने बताए । 

उनले भने, ‘यो देश बन्छ, पक्कै बन्छ । हाम्रो पालामा नै बन्छ तर तपाई हामी निर्मम र इमान्दार हुनुपर्छ । अब गलतलाई गलत र सहिलाई सहि बन्न सकेनौ भने फेरि हामी पनि गालीको पात्रमात्र बन्ने र आउने पुस्ता पनि विदेश नै जानुपर्ने अवस्था आउँछ त्यसकारण युवा पुस्ता निर्मम भएर एउटा प्रयास गरौं, तपाईले गरेको प्रयास सबै सँगै हिँडेर देश बनाउने अठोट गरौं ।’

अहिलेको अवस्थामा रोजगार सिर्जना गर्ने प्रयासलाई कुनै राजनीतिक दलले ट्याग लगाउने किसिमको काम गर्न नहुने भन्दै संस्थालाई पार्टीगत संस्था होईन, विदेशबाट फर्किएका नेपाली जनताको संस्था बनाउनुपर्ने बताए । उनले भने, ‘काम गर्नको लागि विदेश जाने प्रवृत्ति रोक्न तुरुन्तै सम्भव छैन्, तर ३ हजारको संख्यालाई ५ सय १ सय गरेर घटाउँदै लान सकियो भने एकदिन परिवार पाल्न काम गर्नै पर्ने बाध्यताले विदेश जाने दिन अन्त्य हुन सक्छ यो असम्भव होईन् । विदेशबाट फर्किएकाहरुको आँट राजनीतिक दलहरुले तपाईहरुको साथ पाउँने हो भने त्यो सम्भव छ । यो संस्थालाई पार्टीगत संस्था होईन, विदेशबाट फर्किएका नेपाली जनताको संस्था बनाउनु ।’

यस्तै, उनले नेपालबाट बाहिर जाने मन्त्री, सभासद्, गन्यमान्यहरुलाई सम्मान गरेपनि आफ्नो मेहेनतको पैसा खर्च गरेर सेवा र सुविधा दिनु आवश्यक नभएको भन्दै बन्द गर्न आग्रह पनि गरेका छन् ।

Logo