निर्यात बढेसँगै नेपाली बजारमा गोलभेँडाको मूल्य आकासियो

निर्यात बढेसँगै नेपाली बजारमा गोलभेँडाको मूल्य आकासियो

केन्द्रबिन्दु
0
Shares

नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । 

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा रु एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए ।

Skip This
Skip This
Logo