देशभरी भारी वर्षासँगै बढ्यो हरियो तरकारीको भाउ

देशभरी भारी वर्षासँगै बढ्यो हरियो तरकारीको भाउ

केन्द्रबिन्दु
0
Shares

देशभरी भारी वर्षासँगै हरियो तरकारीको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज काउलीसहित हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो । 

काउलीको भाउ हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले वृद्धि भएर ९० रुपैयाँ पुगेको छ । लोकल घिउ सिमीको मूल्यपनि १५ रुपैयाँले बढेको छ । मंगलबार ३० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकेको तरकारी बजारले आज सिमी प्रतिकेजी ४५ रुपैयाँ कायम गरेको छ । लौकाको मूल्य पनि प्रतिकेजी १० रुपैयाँ बढेर आएको छ । 

नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा मूल्य स्थिर छ । आज गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्रि भईरहेको छ । लोकल सानो गोलभेँडा प्रतिकेजी ५ रुपैयाँले घटेर आज ६५ रुपैयाँ कायम भएको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ न्युनतम प्रतिकेजी तोकिएको छ । सुकेको प्याज भारतीय ५३ रुपैया ँन्युनतम मूल्य निर्धारण गरिएको छ । 

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमीलोकल४५, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३५, लौका ५०, परवल ३५, घिरौला २५, फर्सी पाकेको ४०, हरियो फर्सी ६०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३८०, काँक्रो लोकल ५०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी ४० हुँदा हरीयो प्याजको मूल्य सोमबारको तुलनामा स्थिर ८० रुपैयाँ न्युनतम मूल्य कायम रहेको छ । 
समितिका अनुसार केरा दर्जनको १४० रुपैया तोकिएको छ भने फूजी स्याउको मूल्य स्थिरप्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप माल दह १८०, तरबुजा हरियो ७०, मौसम १५०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ । 
 

Skip This
Skip This
Logo