ढुवानी गर्नेक्रममा १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । नेपाल टेलिकमले बुधबार एक सूचना जारी गर्दै ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो ।
टेलिकमले जारी गरेको सूचनामा लेखिएको छ, ‘यस कम्पनीको रु ५० दरको सि.नं. ११२२१२००१२७८०००१ देखि ११२२१२००१३८०००० सम्मका’नमस्ते’ ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदाउक्तसिरियल नं. भएका रिचार्ज कार्डहरू खरिद तथाबिक्रीवितरण नगर्नुहुन सम्पूर्ण ग्राहकतथावितरकहरूमा अनुरोध गरिन्छ । ’
यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन टेलिकमको अनुरोध छ ।





























प्रतिक्रिया