कोरोना कहरका बीच किन एक्कासी बढ्यो कुखुराको मासु र अण्डाको मूल्य ?

कोरोना कहरका बीच किन एक्कासी बढ्यो कुखुराको मासु र अण्डाको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । यो समयदेखि कुखुराको ओसारपसार तथा विक्री वितरण हुन नसक्दा स्वाट्टै मुल्य घटेको थियो ।

तर अहिले काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डाको मुल्य बढेको छ । कोरोनाका कारण सरकारले गरेको लकडाउनले कुखुरा उत्पादन हुन नसक्दा मूल्य बढेको हो । अहिले लामो समय आयात नभएको तथा किसानहरुले पनि फर्ममा चल्ला नहालेका कारण कुखुरा र अण्डा उत्पादन नहुँदा मुल्य बढेको व्यवसायीको भनाई छ ।

हाल बजारमा कुखुराको मासु प्रतिकेजी ३ सय ७५ रुपैयाँसम्म पुगेको छ । जिउँदो कुखुरा प्रतिकेजी २ सय ६० रुपैँया पुगेको छ भने अण्डा क्रेटको ३ सय ६५ रुपैयाँ पुगेको व्यवसायीले बताएका छन् । अहिले बजारमा जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा २५ रुपैयाँसम्म मूल्य बढेको हो ।

गत सातासम्म मासु प्रतिकेजी ३ सय ६० र अण्डा क्रेटको ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको थियो । उत्पादनमा कमी आएपछि मुल्य बढाएको पोल्ट्री संघले जनाएको छ ।

Logo