एमजीले ल्यायो एक्सचेन्ज अफर

एमजीले ल्यायो एक्सचेन्ज अफर

केन्द्रबिन्दु
0
Shares

एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । आफ्नो १००औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो।

यस अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन्।

पारामाउन्ट मोटर्स प्रालिका प्रतिनिधिले भने, “एमजी मोटर्सको १००औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ । हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरुले दिएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ ।”

श्रावण २६ देखि भाद्र २४ सम्म लागू हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाब, बुटवल, भैरहवा,बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ । यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्ने कम्पनीले जनाएकाे छ ।

Logo