बहुप्रतिक्षित महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार सार्वजनिक भएको छ ।
भारतको चौथो ठूलो कार निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले दक्षिण अफ्रिकामा ७७औँ स्वतन्त्रता दिवस मनाइरहँदा थार एसयूभीको इलेक्ट्रिक भर्सन सार्वजनिक गरेको हो ।
इन्ग्लो प्लेटफर्ममा निर्माण गरिएको यस नयाँ इलेक्ट्रिक एसयूभी थार लामो ह्विलबेस, छोटो ओभरह्याङ्ग, बढी ग्राउन्ड क्लियरेन्स, सामान्य ब्याट्री र ओभरट्रेनले सुसज्जित छ ।
हाल महिन्द्रा एण्ड महिन्द्राले एसयूभी400 लाई एक्लो इलेक्ट्रिक अफरको रूपमा प्रदान गर्दछ, जुन एसयूभी 300 सब-कम्प्याक्ट एसयूभीमा आधारित छ । एसयूभी 400 को बजार प्रभाव सीमित छ, तर नयाँ इलेक्ट्रिक थारले यसलाई परिवर्तन गर्ने र ब्रान्डलाई एक अग्रणी विद्युतीय सवारी निर्मातामा पुर्याउने कम्पनीले विश्वास लिएकाे छ ।
महिन्द्राले सन् २०२६ सम्ममा पाँचवटा इलेक्ट्रिक एसयूभीहरू अनावरण गर्ने तयारी गरेको छ, र तीमध्ये थार पनि एक हो। ती सबै एसयूभीहरू महिन्द्राको इन्ग्लो प्लेटफर्ममै निर्माण हुनेछन्।





























प्रतिक्रिया