अपर तामाकोशीले १८ भदौदेखि हकप्रद जारी गर्ने, कसरी दिने आवेदन ?

अपर तामाकोशीले १८ भदौदेखि हकप्रद जारी गर्ने, कसरी दिने आवेदन ?

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीले १: १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ। 

उक्त हकप्रद सेयरको लागि यसले साउन २६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रदको दाबी गर्न पाउनेछन्।

यता, असोज ७ गते यस कम्पनीको हकप्रद निष्कासन बन्द हुने सूचनामा उल्लेख छ। तसर्थ, लगानीकर्ताले सो मिति भित्र आवेदन दिनुपर्नेछ। 

यसको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ। हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सकिन्छ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन्। 

Logo