बाँझो जमिनमा खेती नगरेसम्म देश आत्मनिर्भर बन्न सक्दैनः कृषिमन्त्री भुसाल

बाँझो जमिनमा खेती नगरेसम्म देश आत्मनिर्भर बन्न सक्दैनः कृषिमन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश धानमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित समाजवादी सहकारी संगठन नेपाल बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले देशमा बाँझो रहेको १० लाख ३० हजार हेक्टर जमिनमा खेती नगरेसम्म धानको आयात रोक्न नसकिने बताएका हुन् । 

उनले भने,‘१० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । त्यो बाँझो रहेको जमिनमा जबसम्म खेती खर्न सकिँदैन तबसम्म धान आयात गर्ने काम रोके हुन्थ्यो भन्ने कामना त गर्न सक्छौँ । तर रोकेर आमी बाँच्न सक्दैनौँ । आयात नै गरेर खानुपर्ने अवस्था छ ।’

मन्त्री भुसालले सहकारीहरु सामूहिक खेतीको अभियानमा लाग्न सकेमा बाँझो खेतको उपयाेग हुने बताए । सरकारले चैते धानको उत्पादनमा प्रोत्साहन गर्ने नीति ल्याएको भन्दै उनले आउने चैतमा चैते धानको रोपाईं उत्पादनमा वृद्धि गर्नुपर्ने टिप्पणी गरे । 

उनले भने,‘सामूहिक खेतीको अभियानमा लाग्ने सहकारीले त्यस्तो योजनामा लाग्यो भने समाधान हुन्छ । सिचाँईको संयन्त्र निर्माण गर्ने । सुख्खा क्षेत्रमा उत्पादन घट्ने खतरा देखिएको छ । आउँने चैतमा चैते धानको रोपाई वृद्धि गर्ने र चैते धानको उत्पादनमा वृद्धि गर्नुपर्छ । चैते धानको उत्पादनमा प्रोत्साहन गर्ने नीति सरकारले ल्याएको छ । यसमा सरकारको सहयोग पनि रहने छ ।’

Skip This
Skip This
Logo