सिनर्जी कम्पनीको आजबाट हकप्रद सेयर खुला

सिनर्जी कम्पनीको आजबाट हकप्रद सेयर खुला

केन्द्रबिन्दु
0
Shares

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आजदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ। यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो।

तरपछि समय परिवर्तन गरी भदौ ३ बाट खुला गरेको हो। यसले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा आएको छ।

उक्त हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्। 

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ। यसको हकप्रद सेयरमा सानिमा क्यापिटल बिक्री प्रबन्धक छ। 

हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ। यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ।

Logo