टोयोटा हाइलक्स पीकअप अटोमेटीक गिरबक्सको साथ नेपाल बजारमा भित्रिएको छ ।
यसअघि हाइलक्स म्यानुअल गियरबक्समा मात्रै उपलब्ध गराउँदै आएको यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले अटोमेटीक भेरियन्ट पनि नेपाल ल्याएको हो ।
हाइलक्स जस्तोसुकै बाटोमा पनि उच्च पफर्मेन्स दिनसक्ने पीकअपको रुपमा परिचित रहेको छ । फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने हाइलक्स विशेषत खराब बाटोमा काम गर्नु पर्नेहरुको रोजाइमा पर्दै आएको पीकअप हो ।
चालकसहित पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने हाइलक्समा २.८ लिटर क्षमताको इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम १७७ पीएस पावर र ४५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड अटोमेटीक गियरबक्स दिइएको छ ।
टोयोटा हाइलक्समा १८ इन्चको अलोय ह्वील, मेटालिक सर्फेश, विंग मिरर, डोर ह्यान्डल, फ्रन्ट र रियरमा बम्पर, ग्रे ट्रिटमेन्ट लगायतको विशेषता पाउन सकिन्छ । साथै ड्यासबोर्डमा ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एड्जस्टेवल ड्राइभर सिट, अटोमेटीक क्लामेट कन्ट्रोल, रियर एसी भेन्ट, ४.२ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, डिजिटल रेकर्ड र क्रुज कन्ट्रोल फिचर उपलब्ध रहेको छ ।
हाल बजारमा उपलब्ध रहेको अटोमेटीक भेरियन्टको हाइलक्स पीकअपको मूल्य १ करोड ३५ लाख रुपैयाँ कायम गरिएको छ । यसलाई धेरैले लाइफ स्टाइल पीकअपको रुपमा समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया